TIME OF NEPAL

TIME OF VIRGINA(USA)

Friday, 19 February 2010


type="text/javascript" lanuage="javascript">obj=new object;clockfile=""0051-
blue.swf";obj.time="PST";obj.width=150;obj.height=150;obj.wmode="transparent";showclock(obj); message,check"stop showing errors for this post"

Thursday, 18 February 2010

Wednesday, 17 February 2010

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भन्नुहुन्छ ‘यो रहस्यमय छ’

इतिहासकै घटनाहरूमध्ये एक मानिएको राजदरबार हत्याकाण्डलाई दरबारकै सदस्यले ‘रहस्यमय’ भएको दाबी गरेकी छन् ।
नब्बेवर्षे जीवनमै पहिलोपटक गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको थियो । सो घटनामा वीरेन्द्र शाहका अतिरिक्त ऐश्वर्य शाह, दीपेन्द्र शाह, नीराजन शाह, श्रुति शाह, शान्ति शाह, शारदा शाह, जयन्ती शाह, खड्गविक्रम शाहको मृत्यु भएको थियो ।
उपचारका क्रममा ब्लुक्रस नर्सिङ होममा भर्ना हुनुभएकी शाहले पत्रकारको नाम, ठेगाना, पत्रकारिताको अनुभव सोधेपछि जवाफ दिन थाल्नुभएको थियो ।
स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार सङ्ग्रहालय प्रदर्शनीको फागुन १५ गते उद्घाटन गर्दै दरबार हत्याकाण्डको पुनः छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको नियमित भोजमा उपस्थित सरला शाहलाई दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले समेत सोधपुछ गरेको थिएन । समितिले हत्याकाण्डको दोषी भने तत्कालीन युवराज दीपेन्द्रलाई ठहर्‍याएको थियो ।
दरबार हत्याकाण्ड कसले गर्‍यो भन्ने गोरखापत्रको प्रश्नमा सरलाले भन्नुभयो- ‘यो रहस्यमय छ ।’
युवराज दीपेन्द्रले गोली चलाएका हुन् भनिएको छ नि भन्ने अर्को प्रश्नमा सरला शाहले भन्नुभयो- “कस्ले गर्‍यो, कस्ले गर्‍यो ? अझै पनि रहस्यमय छ ।”
घटनाका बेला पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नसँगै आफू रहेको र घटनाको प्रत्यक्षदर्शी भएको जानकारीसमेत उहाँले दिनुभयो । उहाँले दीपेन्द्रले गोली चलाएको भनाइको खण्डनसमेत गर्नुभयो- “यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन, गोली कसले चलायो रहस्य छ ।’
राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न योगदान दिएका राजा त्रिभुवनकी भित्रिया भए पनि सरला शाहले कहिल्यै पनि ‘श्री ५’ को पदवी भने पाउनुभएन ।
अन्तर्वार्ताका क्रममा सरला शाहलाई सोधियो- तपाईंले कहिल्यै ‘श्री ५’ को पदवी माग्नुभएन ?
प्रत्युत्तरमा उहाँले जवाफ दिनुभयो- श्री ५ को इच्छा त कसलाई हुँदैन तर भाग्यले दिएन । त्रिभुवनको पदवी दिने इच्छा थियो तर मलाई पदवी दिनुअघि नै उहाँको मृत्यु भयो ।
पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बहिर्गमन हुँदासम्म थोरै मानिसको मात्रै जानकारीमा रहनुभएकी सरला शाह तत्कालीन राजा त्रिभुवनकी भित्रिया भएको समाचार पहिलोपटक गोरखापत्र दैनिकबाटै सार्वजनिक भएको थियो ।
नेपालमा २३८ वषर्ीय राजतन्त्रको अन्त्य भएको विषयमा सरला शाहलाई सोधिएको प्रश्नमा उहाँको जवाफ थियो- “म त केही बोल्दिनँ ।”
“यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन”
अहिले अस्पतालमा भर्ना हुनुहुँदो रहेछ, खर्च तपाइँलाई कहाँबाट आउँछ ?
मेरो खर्च रत्नबाटै आउँछ ।
तपाइँ दुवैजना सँगै बस्नुहुन्छ ?
उहाँ -रत्न) नारायणहिटी थान -नारायणहिटी सङ्ग्रहालय) भित्रतिर बस्नुहुन्छ, म बाहिर ।
राजा त्रिभुवनको सम्झना लायकको केही कुरा छ ?
मलाई केही सम्झना छैन ।
भनेपछि सबै बिर्सनुभयो ?
सबै बिर्सिसकेँ, उहाँ स्वर्गे भएको पनि यतिका वर्ष भइसक्यो ।
दरबारले तपाइँलाई श्री ५ को पदवी किन नदिएको होला ?
अब किन नदिएको यो उनीहरूलाई नै सोध्नुपर्ने, मसँग के ? मलाई पदवी देउ, यो देउ, उ देउ भन्ने हुँदैन, उहाँ -त्रिभुवन)को विचार दिने थियो ।
त्रिभुवनपछि महेन्द्र, वीरेन्द्रले दिँदा पनि हुन्थ्यो नि ?
त्यो कुरा मलाई नसोध्नुस्, थाहा पनि छैन, जानकारी पनि छैन ।
तपाइँलाई त्यो पाउने इच्छा पनि भएन ?
इच्छा त कसलाई हुँदैन ? हुने खाने इच्छा हुँदैन ? गर्ने मान्छे थिएन भने के गर्ने ?
दरबारमा तपाइँको खानपानको व्यवस्था कसले गर्छ ?
रत्नबाट ।
ए रत्नबाट ?
अँ, त्यहीँबाट ।
ज्ञानेन्द्र राजाबाट हट्नुअघि दरबारबाट आउँथ्यो । अहिले रत्नबाट आउँछ ?
अहिले पनि दरबारबाटै आउँछ होला, मलाई चासो पनि भएन, मलाई थाहा पनि छैन, त्यहीँ बसिराखेको छु ।
अनि तपाइँलाई राजतन्त्र समाप्त भएकोमा केही खल्लो अनुभव भा छैन ?
मलाई यादै हुँदैन त्यस्ता कुरा ।
तपाइँको अनुभव ?
अनुभवै छैन । अब भाग्यमा नभएको, म दुखीले के गर्ने, उहाँ बसेको भए त बसिन्थ्यो होला, उहाँले छोडेपछि । त्यो कुरा सबै बिर्सियो ।
सबै कुरा बिर्सिनुभयो ?
अब बिर्सिनै पर्‍यो नि, घरमा लोग्ने स्वास्नी त छुटिनुपर्छ अब उहाँ
-त्रिभुवन) नभएपछि के गर्ने ?
त्रिभुवन नभए पनि दरबार त थियो नि ?
के भनेको ?
त्रिभुवन नभए पनि महेन्द्र, वीरेन्द्र हुनुहुन्थ्यो नि, उहाँहरूबाट पनि दरबारमा तपाइँले इज्जत पाउनुभएन ?
पाएन, भाग्यले दिएन ।
मलाई सम्मान चाहिन्छ ‘श्री ५’को पदवी चाहिन्छ भनेर कहिल्यै माग्नुभएन ?
भनेको छैन मैले, मलाई यो राखिदेउ, यो गरिदेउ भनेको छैन ।
हजुरको दरबारबाहिर आफन्त कोही छैन ?
आफन्त सबै छन् ।
९० वर्षको उमेर खानपान के गर्नुहुन्छ ?
सादा खाना खान्छु, पकाउने, खुवाउने उनीहरूले नै गर्छन्, म त घरमै हुन्छु ।
रत्नसँग भेट हुन्छ ?
हुन्छ, बीचबीचमा भेट हुन्छ ।
ज्ञानेन्द्रले गद्दी छोडेर गएको विषयमा कुरा हुन्छ ?
त्यो मलाई थाहा हुँदैन ।
राजदरबार काण्डमा वीरेन्द्रको बंश विनास भयो । तपाइँ पनि त्रिभुवन सदनमा हुनुहुन्थ्यो होइन ?
कसले भन्यो ?
प्रतिवेदनमा छ नि Û त्यसमा तपाइँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ?
घटना देखेको हो । यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन । गोली कसले चलायो रहस्य छ ।
त्यो घटना कसले गरेको रै छ त ?
रहस्य छ ।
यो मान्छेले गर्‍यो भन्ने कहीँ खुल्छ ?
छैन, छैन ।
दीपेन्द्रले गरेको हो भनेर प्रतिवेदन आयो नि ?
कस्ले गर्‍यो, कस्ले गर्‍यो ? अझै पनि रहस्यमय छ ।
यो घटनाले रत्नलाई पनि चिन्तित बनाइराख्छ होला नि ?
खै थाहा छैन, अब कहिले काहीँ भेट्न जान्छु, भेटे पनि उहाँले मसँग आएर केही भन्नुहुन्न ।
त्यो विषयमा कुरा हुँदैन ?
न मलाई थाहा छ, न उहाँलाई ।
अहिले त नारायणहिटी सङ्ग्रहालय बन्यो, तपाइँ बसेको ठाउँ छोड भनेर सरकारले भन्यो भने के गर्नुहुन्छ ?
खै थाहा छैन, सरकारले के गर्छ ।
तपाइँलाई कहाँ जाने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ?
सरकारले जहाँ जान भन्छ, त्यहाँ जाने, फलानो ठाउँमा जाउ भन्यो भने त्यहीँ जाने ।
तपाइँ सन्यास बस्ने, काँसी बास बस्ने, धर्मकर्म गर्ने इच्छा छैन ?
काँसी जान मन लागेको छ, कसले पठाउँछ ?
काँसीमा त रणबहादुर शाहले ठूलो आश्रम बनाएका छन् नि परिवारका लागि ।
मैले त के भन्ने, मलाई थाहा पनि छैन ।
सरकारले खर्च गर्‍यो भने इच्छा छ ?
सरकारले काँसी जा भन्यो भने त जान्छु नि, यो उमेरमा काँसीमा गएर पनि के गर्ने, घर चाहियो, सबै चाहियो ।
सबै व्यवस्था भयो भने ?
भयो भने त भाग्यको कुरा काँसीमा गए पनि बम्बइमा गए पनि जहाँ गए पनि ।
विवाहअघि माइती मानन्धर की गोर्खाली ?
म श्रेष्ठ
त्रिभुवनले तपाइँलोई कहाँ मन पराएको ?
दरबारमा भेट भयो ।
दरबारमा, तपाइँ त्यहीँ सेवा गर्नुहुन्थ्यो ?
अँ । त्यहीँ दरबारमा हो । म त दरबारमा काम गर्थें । त्रिभुवनले त्यहीँ मन पराए, अब भयो । बाबु जानुस् ।
Source :- Gorkha Patra
खाल्डोमा हाल्ने प्लानबारे गिरिजाको खुलासा
By
adminfor NYNepal.com
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिने गरी बाटो छेक्न नयाँ तुरूप फ्याँक्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नै पदको औपचारिक अफर गरेका थिए भने यस्तै प्रस्ताव अमेरिका र भारतले पनि राखेका थिए।
पूर्वप्रम कोइरालाले नै यस कुराको खुलासा गर्नुभएको हो। संविधानसभामा दोस्रो ठूलो दल कांग्रेसले दाबी गर्नुपर्ने पद माओवादीले छाड्नासाथ एमालेलाई आतुरपूर्वक र आश्चर्यजनक हिसाबले सुम्पिएको केही दिनपछि भारतीय राजदूत राकेश सुदले प्रम कोइरालालाई भेटेर सहमतिको सरकार बन्न सक्ने भए अबको सरकारको नेतृत्व गर्न भनेका थिए। कोइरालानिवास स्रोतका अनुसार गत शुक्रबार राति सुद सुटुक्क कोइरालालाई भेट्न महाराजगन्जस्थित निवासमा पुगेका थिए। कोइरालाको सुत्ने समयमा पुगेका सुदले शयनकक्षमै भेटघाट गरे। उनले तपाईं प्रधानमन्त्री हुनुभयो भने मुलुकलाई राम्रो हुनेथियो भन्दै कोइरालालाई सुझाव दिएका थिए। उनको तर्क माओवादी पनि कोइरालाको नेतृत्वमा सरकार बनेमा सहभागी हुन्छ भन्ने थियो। कोइरालाका लागि यस्तो प्रस्ताव गर्नेमा अमेरिका पनि छ। उसले पनि विवाद नबढाउने हो भने कोइरालाको नेतृत्व आवश्यक रहेको भनेको स्वयं कोइरालाले नै आइतबार महाराजगन्जमा जम्मा भएका कांग्रेस नेताहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइरालालगायतलाई बताउनुुभएको थियो। भारत र अमेरिकाले राखेको प्रस्तावको कारण के होला भन्ने विश्लेषण कोइरालाले गर्नुभएन। तर, प्रचण्डले प्रम बन्न गरेको आग्रहमा भने ठूलै षड्यन्त्र लुकेको उहाँको दाबी थियो। ‘मलाई पनि खाल्डोमा हाल्न पाए हुन्थ्यो भन्ने सोचेका छन् प्रचण्डले, तर मैंले कुरा बुझेको छु,’ कोइरालाले भन्नुभयो। प्रम बनाउँदा कोइराला कसरी खाल्डामा परिने हो त्यसको व्याख्या भने उहाँले गर्नुभएन। आफू नफस्नलाई नै माधव नेपालको प्रस्ताव अघि बढाएको कोइरालाको भनाइ थियो।कांग्रेसका तर्फबाट सम्भावित मन्त्रीहरूको लिस्टबारे पटक–पटक नेताहरूले कोइरालासँग कुरा गर्ने प्रयास गरेका छन्, तर कोइरालाले चासो दिनुभएको छैन। आइतबार बिहान उच्चस्तरीय कांग्रेसी नेताहरूको उपस्थितिमा तराईमूलका एक व्यक्तिले कोइरालापुत्री सुजातालाई मन्त्री बनाउनु उपयुक्त हुने सुझाव दिएका थिए। यो कुरा सुनेर अरू नेता चुपचाप बसे भने एकछिन केही नबोली बसेका कोइरालाले अहिले बनाउनुहुन्न भन्नुभएको थियो। तर को–को हुने भन्ने कुराको जिज्ञासा पालेका, तर कोइरालाका अगाडि बोल्न नसकेका अरू नेताको इच्छा पूरा हुनेगरी चाहिँ अब हुने मन्त्रीहरूबारे कोइरालाले केही बताउनुभएन। कुराकानीकै क्रममा माओवादीलाई बाहिर राखेर सरकार चलाउन माधव नेपालले सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासा कोइरालासमक्ष सहभागीमध्येकै एकले राखेका थिए। माधव नेपालले सक्ने/नसक्नेबारे कोइरालाले बोल्नुभएन, तर सत्ताबाहिर भएपछि माओवादीको शक्ति घट्ने ठोकुवा भने उहाँले गर्नुभयो। सरकारमा भएकाले उनका कार्यकर्ता बढेका हुन्, सरकारबाट हटेपछि कार्यकर्ता पनि घट्छन्,’ कोइरालाले भन्नुभयो, ‘अति गरे सरकार चुप लाग्नुहुन्न। पिटपाट गरेपछि ठीक लाग्छन्, पेल्नैपर्छ।’
Source :- JANA AASTHA

Flag of Nepal

Friday, 15 January 2010

Thursday, 14 January 2010

Wednesday, 6 January 2010

HAPPY NEW YEAR

Oh my Dear, Forget ur Fear,Oh my Dear, Forget ur Fear,Let all ur Dreams be Clear,Never put Tear, Please Hear, I want to tell one thing in ur Ear Wishing u a very Happy "NEW YEAR"
BY RADHA KRISHNA NEUPANE